नियम १६
मापदण्ड बमोजिम गर्न लगाउने
जनस्वास्थ्य निरीक्षकले अनुगमनको क्रममा. वा नियम १५ बमोजिमको स्वमूल्याङ्कन प्रतिवेदनको आधारमा कुनै स्वास्थ्य संस्थाले मापदण्ड बमोजिम: स्वास्थ्य संस्था सञ्चालन नगरेको वा सेवा प्रदान नगरेको पाइएमा सम्बन्धित स्वास्थ्य संस्थालाई मापदण्ड बमोजिम गर्न आदेश दिन सक्नेछ।